News / Events
सरकार द्धारा किसान आयोगको गठन
१. सरकार द्धारा किसान आयोगको गठन
लामो समयदेखि प्रतिक्षामा रहेको किसान आयोग अन्ततः आज बसेको मन्त्रीपरिषद्को वैठकले गठन गरेको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र विविधिकरण गरी किसानको हकहितको संरक्षण एवं प्रवद्र्धन गर्न तथा कृषि सम्बन्धी ऐन, कानून, नीति तथा योजना तर्जुमाको साथै कृषि अनुसन्धान र प्रसारलाई किसानमैत्री बनाई किसानहरुको हक हित र अधिकारको रक्षा गर्दै कृषि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने उदेश्य सहित राष्ट्रिय किसान आयोग गठन गरिएको हो । आयोग गठन भएपनि पदाधिकारीहरुको भने चयन भईसकेको छैन । आयोगमा अध्यक्ष सहित सात सदस्य रहने व्यवस्था गरिएको छ ।
देशको दुइतिहाई जनतासंग प्रतक्ष्य सरोकार राख्नेआयोग संबैधानिक बनोस भन्ने माग लगाएत बिभिन्न मागहरू सहित राष्ट्रिय कृषक समुह महासंघ नेपाल लगाएत बिभिन्न नागरीक संगठनहरूले संयुक्त रूपमा ठुला दलका शिर्षस्थ नेतागण रामचन्द्र पौडेल,माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, तत्कालीन सबिधानसभाका अध्यक्ष सुबास चन्द्र नेम्बाङ्ग एबं संबैधानिक समितीका सभापति डा. बाबुराम भट्टराइ समक्ष ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएकाथियौं.बिडम्बनानै भन्नुपर्छ अन्य ५ वटा आयोगहरू संबिधानमा संबोधन हुंदापनी किसान आयोग भने सम्बोधन हुन सकेन.तथापी दिर्धकालिन कृषि बिकास रणनिती र आ.ब.०७३र०७४ को सरकारको निती तथा कार्यक्रममा किसान आयोगको बारेमा गरीएको ब्याबस्थालाइ कार्यान्वयन गर्दै २०७३ माघ ६ गतेको मन्त्रिपरीषदको निर्णयमार्फत किसान आयेग गठनको बाटो खुलेको छ
किसान आन्दोलनमा प्रत्यक्ष परोक्ष रूपमा भुमीका निर्बाह गर्नुहुने संघ संगठन एवं अभियन्ता हरूको लागी यो निकै खुसीको कुरा हो.तर यस उपलब्धिलाइ किसानका नाममा केही दलका नेताहरू र केही कर्मचारी हरूले जागीरखाने र बास्तबिक किसान र किसानका संगठनहरूलाई पाखालगाउने खेल हुनसक्ने संभाबनालाइ नकारिहाल्न सकिने अबस्था भने छैन.
काठमाण्डौमा पशुपछी तथा वाली विमाको प्रभावकारिताका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
राष्ट्रिय कृषक समुह महासंघ काठमाण्डौले कृषहरुको सवालको रुपमा रहेका वाली र पशुपछी विमामा आम कृषकहरुको पहुच सुनिश्चित गरि आम कृषकहरुलाई लाभान्वित गर्नका लागि पशुपक्षी तथा वाली विमाको प्रभावकारिताका कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको उत्घाटन प्रमख आथिति पशुपंछी विकास मंन्त्रालयका सचिव उत्तम कुमार भट्राईले गर्नु भयो ।
Read more...कृषि विकास कार्यालयले वाडेको धानमा दाना लागेन, कृषकलाई मर्कामा
धादिङ्ग जिल्लाको सुनौला वाजार ८ विर्ताफाटमा जिल्ला कृषि विकास कार्यालय धादिङ्गले स्थानीय कृषकहरुलाई वाडेको हर्दिनाथ १ जातको मुल विउमा दाना नलाग्ने समस्या देखिएको छ । उक्त जातको धानको विउ कृषि विकास कार्यालयले परवानीपुर वाट ल्याएर वितरण गरेको थियो । उक्त धानको विउ किसानहरुले १० हेक्टर खेत लगाएका थिए । अहिले धानको वाला लागेको भए पनि दाना लागेको छैन ।
Read more...- नयाँबानेश्वर, काठमाडौं, नेपाल | पो. व. नं: ७०६४
- ०१-४१०५०१८ / ०१-४१०५०७९ ईमेल: nfgfnepal@gmail.com

