सुचना / समाचार

  • कृषि विकास बैंकद्वारा साना, महिला किसानमा कृषि ऋण प्रवाह गर्ने ।

    एफ.डी.अाइ प्रति महासंघकाे ध्यानाकर्षण, किसान अधिकारकाे सुनिश्चितताकाे लागि सरकार समक्ष जाेडदा

    भूमिको कित्ताकांट फुकुवा सम्वन्धि निर्णय तुरुन्त फिर्ता लिइयाेस भन्दै संयुक्त विज्ञप्ति

पृष्ठभुमि

परम्दखि मुलुकको आर्थिक एवं सामाजिक उन्नती र समग्र विकासमा अत्यन्त एवं सम्वेदनशील स्थान ओगट्दै आएको कृषि क्षेत्रको संरक्षण, सम्बद्र्धन तथा उत्पादन र वितरण सम्बन्धी अधिकार प्राप्तिका लागि संगठित कृषक समूहलाई स्थानीय स्तरदेखि केन्द्रित स्तरसम्म समन्वय गराई राज्य र कृषकहरुको सेतुको रुपमा यस महासंघको परिकल्पना गरिएको छ । देशको झण्डै दुई तिहाई जनताको पेशा कृषि भएर पनि कृषि उत्पादनमा देश आत्मनिर्भर बन्न सकिरहेको छैन । स्थानीय विउ विजनहरू लोपोन्मुख अवस्थामा पुगिसकेका छन् । मल विउ, विषादि तथा उपकरणहरुमा देश परनिर्भर बन्दै गइरहेको छ । कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गर्न नसकिनाले एकतिर युवा जनशक्ति विदेशिने क्रम बढ्दो छ भने अर्कोतर्फ कृषि क्षेत्र महिला र वृद्ध वृद्धाहरुको काँधमा पुगेको छ । कृषि प्रधान देशको मर्मलाई सार्थक बनाउनको लागि नेपाल सरकार मार्पmत देशभरी गठन भई कृयाशिल रहेका कृषक समूहरुको सु–शासनमा आधारित समावेशी लोकतान्त्रिक पद्धति अनुरुप क्षमता विकास गर्नुका साथै सरकारी गैरसरकारी संघ संस्थाहरुसँग समन्वयात्मक रुपले विकास अभियानमा सरिक गराउन राष्ट्रिय कृषक समूह महासंघ, नेपालको स्थापना गरिएको छ ।

महासंघको परिचय

२०६६ साल देखि विभिन्न जिल्लाका सेवा केन्द्र समन्वय समिति, जिल्ला समन्वय समिति, जिल्ला समन्वय संस्था, क्षेत्रिय समन्वय समिति हुदै सम्वन्धित निकायमा दर्ताभई देश भरी छरिएर रहेका कृयाशिल कृषक समूहहरु, पशु सेवा समुहहरु र कृषि सहकारीहरुलाई सदस्य मानी गा.वि.स, सेवा केन्द्र (ईलाका), जिल्ला, क्षेत्र हुदै राष्ट्रिय स्तरसम्मको संरचना रहने गरि राष्ट्रिय कृषक समुह महासंघ, नेपाल २०६८ भाद्र २३ गते तत्कालीन मध्यमांचल क्षेत्रिय कृषि निर्देशनालय हरिहरभवनमा कृषक समुहहरुको अगुवा प्रतिनिधिहरुको भेलाबाट गठन भई देशैभरी कार्य क्षेत्र रहने गरी २०६८ चैत्र १४ मा जि. प्र.का. काठमाडौंमा दर्ता भएको हो । ८ जिल्लाका किसान प्रतिनिधिहरुको भेलाबाट गठन भएको यस महासंघले कृषक समुहहरुलाई आवद्धता गरी संगठन विस्तार गर्दै २५ जिल्ला महासंघका प्रतिनिधिहरुको सहभागितामा २०७१ जेष्ठ ११—१२ गते प्रथम राष्ट्रिय महाधिबेशन सम्पन्न गरेको थियो । २०७१ पौष २४ मा प्रथम परिषद, २०७२ पौष ३०  दोश्रो राष्ट्रिय परिषद, २०७३ पौष २६ मा तेश्रो राष्ट्रिय परिषद, २०७५ पौष ३ गते चौथो राष्ट्रिय परिषद र ७ वटै प्रदेशमा अधिबेशन सम्पन्न गर्दै हाल ५९ जिल्लामा संगठन विस्तार गरि ३७७७ कृषक समुहहरु महासंघ आवद्ध भएका छन् ।

परिकल्पना

स्वशासित, आत्मनिर्भर, श्रोत साधन महासंघ र सम्वृद्ध किसान

लक्ष्य

कृषक सशक्तिकरणद्वारा किसान अधिकारको स्थापना

ध्येय

कृषक सशक्तिकरण एवं महिला तथा सीमान्तकृत कृषकको समावेशी सहभागितालाई सुनिश्चितता गर्दै दीगो कृषिको माध्यमद्वारा आज कृषक समुदायलाई सम्वृद्ध बनाउने