- केन्द्रदेखि जिल्ला हुँदै गा.वि.स. सम्म महासंघको संगठन विस्तार गर्ने ।
- किसानको हकहितका सवाल सम्बन्धित क्षेत्र एवं निकाय समक्ष पु¥याउँने
- महासंघका गा.वि.स. जिल्ला एवं राष्ट्रिय स्तरका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्ने ।
- महासंघको व्यवस्थापकीय र संस्थागत पक्षको सुदृढकरण गर्ने ।
- नेपाल सरकारद्वारा तयार गरिएका कृषिका नीति, नियम कृषकलाई जानकारी गराउने र कार्यन्वयनमा सहयोग पु¥याउने ।
- नीति निर्माण, परिवर्तन र कार्यान्वयनको लागि अध्ययन, पैरवी, दबाबमूलक कार्यक्रम संचालन गर्ने ।
- कृषकका सवालहरू पहिचान गरी सम्बन्धित निकायमा पैरवी गर्ने ।
- कृषि क्षेत्रखमा लगानी गर्ने स्थानीय निकायहरुको बजेट प्रभावकारी रुपमा कृषि क्षेत्रमा संचालन गर्न गराउन, किसानको पहुँच बढाउने ।
- कृषि पेशालाई व्यवसायिक एवं मर्यादित गराउँदै युवा शक्तिलाई कृषि रोगगारमा समाहित गर्ने ।
- किसानका उत्पादनलाई राज्यको सरोकारको रुपमा स्थापित गराउने ।
- कृषि र विकासका सवालमा कार्यरत सरोकारवाला निकायहरू बिच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संजाल निर्माण गर्ने ।
- कृषि र विकासका सरोकारका विषयहरुको अध्ययन र अनुसन्धान गर्ने ।
- स्वेदशी तथा विदेशी संघ संस्थाहरुसँग अनुभव तथा निकाई आदान–प्रदान गर्ने ।
- कृषि, कृषक, भूमि र खाद्य अधिकारका विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सहकार्य गर्ने ।
महासंघका कार्यनीति
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल
- नयाँबानेश्वर, काठमाडौं, नेपाल | पो. व. नं: ७०६४
- ०१-४१०५०१८ / ०१-४१०५०७९ ईमेल: nfgfnepal@gmail.com

