हाम्रो परिचय

पृष्ठभुमि

परम्परा देखि मुलुकका् आर्थिक एवं सामाजिक विकास मार्फत राष्ट्र निर्माण गर्ने गहन जिम्मेवारी बोकेको नेपाली किसानहरु असंगठित भएकै कारण, राज्यको मूलधारमा आउन नसकेको सन्दर्भ जग जाहेर छ ।  आम नागरीकले संस्कृति रुपमा अवलम्वन गर्दै आएको नेपाली कृषिको आफ्नै विशिष्ट पहिचान रहेको छ । पछिल्लो तथ्यांकलाई आधार मान्ने हो भने पछि ६५.६ प्रतिशत जनताहरुको जिविको पार्जनको आधार कृषि हो र कुल ग्राहस्थ उत्पादनका हिसावले यस क्षेत्रको करिव ३४ प्रतिशत  योगदान रहेको छ । यति हुदैगर्दा पनि नेपाली कृषिको वर्तमान सन्तोषजनक त छैन नै र भविश्य पनि अन्यौलग्रस्त देखिन्छ । कृषि पेशाबाट किसानहरुको पलायन, कृषि जन्य बस्तुहरुको आयातमा बृद्धि, वास्तविक धरातललाई सम्वोधन परनिर्भरता, प्राविधिक सेवा टेवामा घट्दो पहुंच, उत्पादित बस्तुको बजारीकरणमा विचौलियाको बढ्ढो हस्तक्षेप लगायतका हजारौ कृषि क्षेत्रमा विद्यामान समस्याबाट देशलाई उन्मुक्ति दिलाउनका लागि किसानको हक अधिकार प्राप्ति संगसंगै वास्तविक किसानहरुलाई स्थानीय स्तर देखि राष्ट्रिय स्तरसम्म संगठित गर्दै दिगो तथा आत्मनिर्भरमुखि उत्पादन मार्फत राष्ट्रिय उत्पादकत्वमा टेवा पु¥याउने उद्देश्यका साथ राज्य र कृषकहरुको सेतुको रुपमा यस महासंघको परिकल्पना गरिएको हो ।

महासंघको परिचय

कृषकहरुको छातासंगठनको रिक्ताना महशुस भई विभिन्न जिल्लाका सेवा केन्द्र समन्वय समिति, जिल्ला समन्वय समिति, जिल्ला समन्वय संस्था, मध्यमाञ्चल क्षेत्रीय समन्वय समिति बनाउँदै सम्बन्धित निकायमा दर्ता भई देशभरी छरिएर रहेका कृयाशिल कृषक समूहहरु, पशु सेवा समूहहरू र कृषि सहकारीहरुलाई सदस्य मानी गा.वि.स., सेवा केन्दं (ईलाका), जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय स्तरसम्मशको संरचना रहने गरि राष्ट्रिय कृषक समूह महासंघ, नेपाल २०६८/५/२३ गते क्षेत्रीय कृषि निर्देशनालय हरिहर भवनमा कृषक समूहहरुको अगुवा प्रतिनिधिहरुको भेलाले गठन गरी २०६८ चैत्र १४ मा जि.प्रा.का काठमाडौंमा दर्ता भएको हो ।

कृषि क्षेत्रको संरक्षण, सम्बद्र्धन साना किसानहरुको अधिकार प्राप्तिको लागि संगठित कृषक समूहलाई गाउँ ईलाका, जिल्ला क्षेत्र र केन्द्रिय स्तरमा समन्वय गराउँदै राज्य र कृषकहरुको सेतुको रुपमा यस महासंघ किसान अधिकारको पक्षमा पैरवी गर्दै अगाडि बढिरहेको छ ।

परिकल्पना

स्वशासित, आत्मनिर्भर, श्रोत साधन महासंघ र सम्वृद्ध किसान

लक्ष्य

खाद्य तथा पोषण सुरक्षा, खाद्य अधिकार र खाद्य संप्रभुताका  लागि किसान सचेतीकरण गर्दै कृषि पेशालाई सम्मानित पेशाको रुपमा पहिचान गराउन,  निर्वाहमुखीबाट  व्यावसायिकतामा परिणत गर्दै दिगो कृषिको माध्यमबाट देशलाई आत्मनिर्भर बनाई निर्यातक देशको रुपमा स्थापित गराउन समानता, गरिवी न्यूनिकरण तथा समाजका पिछडिएका वर्गको सशक्तिकरण प्रति लक्षित समुदायको सामाजिक तथा आर्थिकविकासको निमित्त योगदान पु¥याउन र कृषक सदस्य समूहहरुको क्षमता अभिबृद्धि गर्दै लैजाने साथै समुदायमा रहेर सामुहिक रुपमा कृषि कर्म गरीरहेका समूहहरुलाई गोलबन्द गर्ने, स्थानीय श्रोतमा पहुँच, कृषिमा लगानी अभिबृद्धि गराउने, कृषि प्रसार सेवाको बिकेन्द्रिकरण र साना किसानको पहुँच बढाउने समेत यस महासंघको लक्ष्य रहेको छ ।

ध्येय

कृषक सशक्तिकरण एवं महिला तथा सीमान्तकृत कृषकको समावेशी सहभागितालाई सुनिश्चितता गर्दै दीगो कृषिको माध्यमद्वारा आज कृषक समुदायलाई सम्वृद्ध बनाउने