"सिमान्त समुदायलाई लक्षित गरी किसानको जीविकोपार्जन एवं उत्थानशीलता विकास परियोजना” को परियोजना परिचय तथा योजना निर्माण कार्यशाला, ठाेरी
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल र USAID Nepal, जल जंगल बीचको सहकार्यमा “सिमान्त समुदायलाई लक्षित गरी किसानको जीविकोपार्जन एवं उत्थानशीलता विकास परियोजना” को परियोजना परिचय तथा योजना निर्माण कार्यशाला आज ठाेरी गाउँपालिकाको कार्यालय, घ्याङ्गडाँडा, ठाेरी, पर्सामा सम्पन्न भएको छ ।
कार्यक्रममा ठाेरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिहरु एवं कर्मचारीहरु, महासंघको तहगत संरचना एवं कर्मचारीहरु, युएसएड नेपाल, जल जंगल परियोजनाबाट किरण न्यौपाने र मान बहादुर बि.क., किसानहरू एवं सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ठाेरी गाउँपालिकामा यस बर्ष संचालन गरिने परियोजनाका गतिविधिहरू र कार्ययोजनाका बारेमा छलफल गरिएको छ ।
English
नेपाली