जनवकालत तथा कार्यक्रम ब्यवस्थापन सीप विकास तालिम सम्पन्न

राष्ट्रिय कृषक समुह महासंघ नेपाल र केएर नेपालको सहयोगमा खाद्य अधिकार परियोजना अन्र्तगत सिरहाको जिल्लाको नहरारिगौल र मल्हनिया गमहनिया गाविस, उदयपुर जिल्लाको हर्देनी र रामपुर  गाविसमा, ओखलढुगा  जिल्लाको तलुवा र कटुन्जे गाविसमा जनवकालत तथा कार्यक्रम ब्यवस्थापन सीप विकास तालिम  सम्पन्न भएका छन ।

समुह ब्यवस्थापन र नेतृत्व विकास, जनवकालतको अवधारणा, स्थानीय स्तरमा रहेका कृषि र कृषकहरुको समस्याको बिश्लेषण, सवाल पहिचान र प्राथमिकीकरण, कृषकहरुको हक अधिकारका लागि पैरवी सिपको विकास, स्थानीय स्रोत साधनमा कृषकहरुको पहुच अभिवृद्धिका लागि समान्य प्रस्तावना र प्रतिवेदन लेखन  सिप वारे जानकारी दिई कृषकरुको हक अधिकारका लागि पैरवी गर्न सहयोग गर्ने उदेश्यमा साथ तालिमहरु संचालन भएका थिए । उक्त तालिमहरुमा राष्ट्रिय कृषक समुह महासंघ नेपाल गाउ महासंघका पदाधिकारी, सदस्य र गाउ महासंघमा आवद्ध कृषि समुहका किसानहरुको सहभागिता रहेका थियो ।

तालिमको सहजीकरण राष्टिय कृषक समुह महासंघका महासचिव नवराज वस्नेत, उपाध्यक्ष भक्त वहादुर वस्नेत, सचिव राम हरि शर्मा, कार्यक्रम संयोजक लक्ष्मी आचार्य, वरिष्ठ कार्यक्रम अधिकृत  केदार कोईराला तथा जनवकालत तथा संचार अधिकृत दिवानीराम लोहारले गर्नु भएको थियो भने केयर नेपालका पैरवी विशेषज्ञ हरिकृष्ण पनेरु र जिल्ला संयोजक रहमत हुसैन पनि विशेष उपस्थिति थियो ।