बांदरले कृषकलाई पु¥याएका हानि नोक्सानी वापत क्षतिपूर्ति मागकाे लागी पैरवी कार्यक्रम

बाँदारले मानिसलाई विषेश गरि किसानलाई निकै दुःख दिएको समाचारहरु दिनानु दिन बढिरहेको छ । बांदरले कृषकलाई पु¥याएका हानि नोक्सानी वापत क्षतिपूर्ति कहिले पाउने ? यस मुद्धालाई जोडतोडका साथ उठान गरेको मा श्री सम्मानीत सर्बोच्च अदालतबाट वन्य जन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०६९ मा बांदरले कृषकलाई पुर्याएको हानि नोक्सानी वापत क्षतिपूर्ति पाउने ब्यवस्था थप गर्न  निर्देशनात्मक आदेश जारी भएको छ । उक्त आदेशलाई छिटो भन्दा छिटो कार्यन्वयन हुनु जरुरी छ । यसै सन्दर्भमा राष्ट्रिय कृषक समूह महासंघ नेपालले २०७६ भाद्र २४ गते बाँदरले कृषकलाई पु¥याएको हानी नोक्सानी बापत क्षतीपुर्ति मागको मुद्धा श्री सम्मानित सर्बोच अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन कहिले ? विषयगत सवालगत छलफल कार्यक्रम पूर्व कृषि मन्त्री श्री हरि पराजुली ज्यु को आतिथ्यता र राष्ट्रिय कृषक समूह महासंघ नेपालको अध्यक्ष श्री नवराज बस्नेतको अध्यक्षतामा सु–सम्पन्न भएको छ ।

कार्यक्रममा विभीन्न सरोकारवाला निकायहरुबाट प्रतिनीधित्व गर्नु भएको थियो । कृषि विकास बैंक, राष्ट्रिय किसान आयोग, नेपाल वार एसोसिएसन, कृषि तथा पशु पंक्षी विकास मन्त्रालय का निती शाखाका प्रतिनीधी, कानुन न्याय तथा संसदिय मामीला मन्त्रालय, पारिवारीक तथा निजी वन, सामुदायीक आत्मनिर्भर सेवा केन्द्र, फियान नेपाल, कृषि टि. भी., राष्ट्रिय महिला किसान महासंघ, साथै अन्य व्यक्तिगत तहबाट यस विषयमा सरोकार राख्ने व्यक्तित्वहरुको उपश्थितीमा प्रत्यकको छुट्टाछुट्टै भनाई र विचारहरु प्रश्तुत गर्नुभएको थियो ।

उक्त विषयलाई कार्यन्वयनको तहमा ल्याउनको लागी सबै सरोकारवालाहरुको सहकार्य महत्वपुर्ण भएका ले निकट भविश्य मा नै महासंघले बन मंत्रालयमा निबेदन सहित नितीमा उक्त व्यवस्था थप गर्नको लागी पहल गर्ने । र कृषि र किसानका सवालमा काम गर्ने अन्य संघ संस्थाहरुमा संयुक्त कार्यक्रम बनाई महासंघले यस सवाललाई अगुवाई गर्ने निष्कर्षका साथ कार्यक्रमको समापन भएको थियो ।