राष्ट्रिय कृषक समूह महासंघ नेपालको नबौं स्थापना दिवस मिती २०७६/०५/२३ गतेमा सम्पन्न

राष्ट्रिय कृषक समूह महासंघ नेपालको नबौं स्थापना दिवस यहि मिती २०७६/०५/२३ गते संस्थाका अध्यक्ष श्री नवराज बस्नेतको अध्यक्षता र कृषि तथा पशु पंक्षि विकासका सम्माननीय राज्य मन्त्री श्री राम कुमारी चौधरी (रोजीना) को प्रमुख आतिथ्यतामा महासंघको कार्यलय बैठक हलमा भव्यताका साथ सम्पन्न भयो ।

कार्यक्रमका विषेश अतिथीमा महासंघका सल्लाहकार कृषि विज्ञ डा. कृष्ण पौडेल, तिमाल गा.पा., काभ्रेकी उपाध्यक्ष दुर्गा मायाँ तमाङ्ग, तिखुतामाकोशी गा.पा. रामेछापकी उपाध्यक्ष दिपशिखा दाहाल, सिद्धलेख गाउँपालिका वडा नं. २, धादिङका वडा अध्यक्ष कमल गुरुङ्ग, सिद्धीचरण नगरपालिका–१, ओखल्ढुङ्गाकी कार्यपालिका सदस्य राधा निरौला, विरेन्द्रनगर नगरपालिका–२, सुर्खेतको वडा सदश्य टोप बहादुर रासकोटी हुनुहुन्थ्यो ।

विभिन्न समयमा विभीन्न तहगत संरचनामा विभिन्न पदमा बसेर काम गर्नु भएको तर देशको पूनर्संरचनाको स्थानिय निर्वाचनमा निर्वाचित व्यक्तीत्वहरुलाई बिषेश अथितीको रुपमा सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिएको थियो । विभीन्न अतिथी तथा प्रमुख अतिथीहरुले संस्थाको प्रगतिको लागी शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । साथै महासंघको उपाध्यक्ष श्री पंचकाजी श्रेष्ठले स्वागत मन्तव्य, अध्यक्ष नवराज बस्नेतले संस्थाको परिचय र महासचिव रिता बस्ताकोटी ले कार्यक्रम संचालन गर्नु भएको थियो ।