पशुगोठ निर्माणमा महासंघको सहयोग

ओखलढुङ्गा, २०७२ साल बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारण ठूलो धनजनको क्षति भएसंगै लाखौलाख पशुवस्तुहरु र त्यतिनै संख्यामा पशुगोठहरुमा क्षतिपुग्न गई कृषिमा आधारीत अर्थतन्त्र रहेको देशले ठूलो मूल्य चुकाउनु परेकाको छ । एकातीर आफन्तको शोकसंगसंगै आफ्नै बासस्थान गुमेको र सन्तान जत्तिकै माया गरेर पालीएको पशुवस्तुहरु  समेत वासस्थानका अभावमा बेवारीस बनिरहंदा कृषिक्षेत्रमा काम गर्ने कुनै पनि निकायहरुको यतातर्फ ध्यान आकर्षण हुन सकिरहेको छैन ।

यीनै कुराहरुलाई मध्येनजर गर्दै किसानहरुको छातासंगठन राष्ट्रिय कृषक समुह महासंघ नेपालले  केएर नेपालसंगको सहकार्यमा ओखलढुङ्गा र उदयपूर जिल्लाका ४ वटा गा.वि.स.का सारेकारवालाहरुको बैठकले छनौट गरिएका १९० जना सिमान्तकृत किसानमध्ये  हालसम्म तोकिएको मापदण्ड पूरा गरि  निर्माण सम्पन्न भएका ओखलढुङ्गा जिल्लाको विलन्दु गा.वि.स.का ८५ जना किसानहरुलाई रु १५०००। का दरले रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अथितिको रुपमा राष्ट्रिय कृषक समूह महासंघको केन्द्रिय अध्यक्ष उद्धव अधिकारीले आफू चित्राको झुप्रोमा बसेर पनि पशु बस्तुहरुका लागि पक्कि गोठ निर्माण गर्ने विलन्दुका किसानहरुले कृषिलाई गरेको सम्मानबाट देशले पाठसिक्नुपर्ने कुरा बताउनु भयो । उक्त कार्यक्रममा बोल्दै केएर नेपालका खाद्य अधिकार परियोजनाका कार्यक्रम ब्यवस्थापन प्रकाश काफ्लेले हामीले गरेको सानो सहयोगलाई सकारात्मक रुपमा ग्रहण गरि उत्साहजनक रुपमा कार्यक्रम सफलपार्नु भएकोमा धन्यवाद ब्यक्त गर्नुभयो । स्थानीय राजनीतिक दलका प्रतिनीधिहरु, गा.वि.स.सचवि, स्थानीय संघ संस्थाका प्रतिनीधिहरु, लगाएतले महासंघको यस किसिमको अभियानको प्रशंसा गदै वस्तविक किसानहरुको मर्म अनुरुप कार्य गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए ।