स्थानीय सरकार र राष्ट्रिय कृषक समूह महासंघ नेपाल बिचको सहकार्य थप प्रभावकारी बन्दै

सिरहा जिल्लको भगवानपुर गाउँपालिकाले नागरिक समाजसंग सहकार्यमा कार्यहरु संचालन गर्ने नीति लिएको छ । स्थानीय तहहरुले नागरिक समाज संगठनहरुसंग समन्वय र सहकार्यमा कार्यक्रमहरु संचालन गर्न थाल्दा ती कार्यक्रमहरु प्रभावकारी हुने गरेको भनि राष्ट्रिय कृषक समूह  महासंघ नेपालको सिकाई भएको छ । भगवानपुर गाउँपािलकासंग महासंघले करार खेतीको विस्तारमा सहयोग र १५ औं राष्ट्रिय धान दिवस मनाईएको थियो ।  

भगवानपुर गा.पा. वडा नं. १ मा मुसहर समुदायको सहभागीतामा  महासंघद्धारा संचालन गरिएको करार खेतीले सफलता पाए पछि यी सिकाईलाई अन्य वडाहरुमा विस्तार गर्न गाउँपालिकाको आ.व. २०७४÷२०७५ को गाउँ परिषदबाट निर्णय गरी करार खेतीलाई अरु वडाहरुमा पनि विस्तार गर्नको कार्यक्रम तय गरिएको थियो । जस अनुसार राष्ट्रिय कृषक समूह महासंघ नेपाल र  भगवानपुर गा.पा.को सहकार्यमा वडा नंंं ३ र ५ मा करार खेती विस्तार गर्ने कार्य भई रहेको छ ।      

 त्यसै गरी भगवानपुर गा.पा.संगको सहकार्यमा “धान उत्पादनमा वृद्धि,राष्ट्रको समद्धि ” मूल नारा साथ  १५ औँ राष्ट्रिय धान दिवस  २०७५ साल असार १५ गते  भव्य रुपमा सम्पन्न गरियो । एफ.ए.ओ.   जिल्ला कृषि विकास कार्यालय सिरहा,  साना किसान कृषि सहकारी संस्था भगवानपुर,  सल्हेस फुलवारी कृषक समूह,  जिल्ला वीउ व्यवसायी संघ सिरहा,  दलित महिला कृषक समूह लगाएतका संस्थाहरुसंग सहकार्य भई कार्यक्रम मनाईएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं. २ को माननीय आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव,  विशिष्ट अतिथी माननीय  भुमि व्यवस्थापन,कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, ,अतिथी भगवानपुर गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद यादव लागएका संस्थाहरुको प्रतिनिधि तथा आतिथ्यतामा धान दिवस कार्यक्रम संचालन भएको थियो ।

यस धान दिवस कार्यक्रममा भगवानपुर गाउँपाकिाको अध्यक्ष बेचन प्रसाद यादव–हामीले राष्ट्रिय कृषक समूह महासंघ नेपालद्धरा केएर नेपालको सहयोगमा संचालित खाद्य अधिकार परियोजना अन्र्तगत दलित महिला कृषक समूहमा करार खेतीबाट मुसहर समुदायमा निकै परिर्वतन भएको छ  । त्यसैले हामी अव भगवानपुर गाउँपालिकाको  बाँकी ४ वटा वडामा पनि हामीले यो करार खेती विस्तार गर्दै छौँ ।  प्रदेशबाट पाल्नु भएको मन्त्रीहरुलाई शित भण्डार स्थापनाको लागी पहल गर्नको लागी पनि हार्दिक अनुरोध गर्नु भएको थियो  ।

धान दिवस कार्यक्रममा विशिष्ट अतिथीको रुपमा उपस्थित हुनु भएका प्रदेश नं. २ का माननीय  भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह– हाम्रो मुख्य पेशा भनेको कृषि हो । कृषिमा विकास भए मात्र अन्य विकसको बाटो खुल्छ । प्रदेश नः २ साना महिला र सिमान्तकृत वर्ग किसान  मा जव सम्म आत्म निर्भर हुदैन तव सम्म यो राष्ट्रको विकस सम्भव छैन । महासंघद्धारा संचालित करार खेती मुसहर समुदायमा भएको छ । त्यो एउटा नमुना काम भएको हो । यो करार खेती अन्य नगरपालिकामा पनि विस्तार महासंघले गर्ने छ भन्ने कुराको विश्वास लिएको छु । यस समूहलाई यान्त्रीकरण र थप सहयोग गर्ने र  शित भण्डारको स्थापनानको लागी पहल गर्ने प्रतिबद्धता जाहेर भएको छ । 

माननीय अर्थ मन्त्री विजय कुमार यादव–प्रदेश नः २ मा सबै भन्दा बढी कृषिमा नै बजेट विनियोजन भएको छ । यस करार खेतीलाई हामी प्रदेशतहमा पनि लागी यसको व्यवस्थपानको लागी पहल गर्ने छु ।   दलित महिला किसानमा भएको यो नमुना काम प्रशँसनीय योग्य छ । त्यसैले दलित बस्तीमा आवसको पनि व्यवस्थापन मिलाउने प्रतिद्धता जाहेर गरिएको छ  । 

सहकार्यमा गरिएको कार्यक्रम प्रभावकारी भएको छ । यस बाट संलग्न सवै पक्षहरु सफल भएको महसूस गर्ने गर्दछ । आगामी दिनमा पनि स्थानीय तहसंगको सहकार्य र समन्वयको यात्रा जारी नै रहने छ ।