कृषि विकास कार्यालयले वाडेको धानमा दाना लागेन, कृषक मर्कामा

धादिङ्ग जिल्लाको सुनौला वाजार ८ विर्ताफाटमा जिल्ला कृषि विकास कार्यालय धादिङ्गले स्थानीय कृषकहरुलाई वाडेको हर्दिनाथ १ जातको मुल विउमा दाना नलाग्ने समस्या देखिएको छ । उक्त जातको धानको विउ कृषि विकास कार्यालयले परवानीपुर वाट ल्याएर वितरण गरेको थियो ।  उक्त धानको विउ किसानहरुले १० हेक्टर खेत लगाएका थिए । अहिले धानको वाला लागेको भए पनि दाना लागेको छैन । यो समस्यालाई लिएर स्थानीय कृषकहरुले जिल्ला कृषि विकास कार्यालय धादिङ्ग  जानकारी गराएको र कृषि कार्यालयले उक्त  धान परिक्षणका लागि राष्ट्रिय कृषि अनुसंन्धान परिषदमा पठाएको वताए पनि अहिले सम्म कुनै रिपोर्ट आएको छैन । नेट ब्लाष्ट रोगका कारण यो समस्या आएको हुन सक्ने वताईएको छ । यसवाट उक्त क्षेत्रका ५० जना जति किसान लाई मर्का परेको छ यसको आवश्यक अनुसंन्धान गरि कृषहरुलाई क्षतिपुतर््िा दिलाउनका लागि किसानहरुले जिल्ला कृषि विकास कार्यालयमा धर्ना र  घेराउ गरिएको राष्ट्रिय कृषक समुह महासंघका उपाध्यक्ष भक्त वहादुर वस्नेतको वताएका छन ।