महासंघको पाँचौ स्थापना दिवस तथा तेश्रो समाजिक लेखा जोखा कार्यक्रम सम्पन्न

राष्ट्रिय कृषक समुह महासंघ नेपालको पाँचौ स्थापना दिवस तथा तेश्रो समाजिक लेखा जोखा कार्यक्रम २०७३ भाद्र २३ गते, नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा माननीय कृषि विकास मंत्री गौरी शेकर चौधरीको प्रमख आथिथ्य, समाज कल्याण परिषदु उपनिर्देशक राम राजा भट्राई, क्षेत्रीय कृषि निर्देशक अच्युत प्रसाद ढकाल, वाली संरक्षण निर्देशनालयका निर्देशक डा डिल्ली राम शर्मा, केयर नेपालका कार्यक्रम ब्यवस्थापक प्रकाश काफ्ले लगायतका अतिथिहरुहरुको उपस्थितिमासम्पन्न भयो । कार्यक्रमको उत्घाटन माननिय कृषि विकास मंत्री श्री गौरी शंकर चौधरीले गर्नु भयो । महासंघको स्थापनाकाल देखि हाल सम्मका संचालित अभियान र कार्यक्रम र  उपलब्धी, समाना गर्नु परेका चुनौति, आ. व.२०७२÷७३ गरिएको आय ब्ययको विवरण, महासंघको वर्तमान अवस्था र भावी कार्यक्रम प्रस्तुत गरि सरोकारवाला सरकारी तथा गैरसरकारी संघ संस्थाको प्रतिनिधिहरुको  विच महासंघ सार्वजनिक लेखा जोखा कार्यक्रम गरियो । महासंघले आम कृषक हक अधिकारका र कृषि र कृषकका समस्या र सवालमा जनवकालत गर्दै आएको छ ।

किसानहरुको समस्याहरुको उठान गर्न  महासंघको भुमिका, स्थानीय स्तरमा रहेका समस्या गरेको पहल वारेमा लक्ष्मी वाग्ले तनह्, मुना श्रेष्ठ र सिता वानिया, ओखलढुगा, प्रदिप सुनार र आराधना चौधरी, सिराहा, महेश चौधरी उदयपुर, यज्ञ वहादुर विक अर्घाखाँची,महानन्द साफकोटा, मकवानपुर, अशोक कुमार केसी ललितपुरले आफ्नो धारणा र भेगाई राख्नु भएको थियो  उक्त कार्यक्रममा महासंघ स्थापना गर्न सहयोग गर्ने  श्री खेम शर्मा पौडेल, महानिर्देशक कृषि विभाग, डा. डिल्ली राम शर्मा निर्देशक वाली संरक्षण निर्देशनालय,  श्री अच्युत ढकाल, निर्देशक मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, डा. कन्चन राज पाण्डे, कार्यक्रम प्रमुख कृषि वस्तु निर्यात कार्यक्रम, श्री लाल कुमार श्रेष्ठ ज्यू उपसचिव कृषि विकास मंन्त्रालय डा.श्याम किशोर शाह,पुर्व कृषि विभागको महानिर्देशक र कृषि पत्रकार प्रतिष्ठान लाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मानित गरिएको थियो । कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष उद्धव अधिकारी, स्वागत भाषण उपाध्यक्ष भक्त वहादुर वस्नेत र संचालन महासिचव नवराज वस्नेतले गर्नु भएको थियो भने कार्यक्रममा सरकारी तथा  गैर सरकारी संघ संस्थाका प्रतिनिधि र विभिन्न २६ जिल्लावाट किसान प्रतिनिधिहररु समेत गरि १५० जनाको उपस्थिति थियो ।