सलहको नियन्त्रण तथा व्यवस्थापनका लागि आम किसान वर्गमा हाम्रो अनुरोध
सलहको नियन्त्रण तथा व्यवस्थापनका लागि आम किसान वर्गमा हाम्रो अनुरोध
१. सलह किरा सुर्योदय संगै सकृय हुने किरा भएकाले घाम झुल्केपछि बसेको स्थान वरपरका हरिया बोट बिरुवाका कलिला मुना, पात, डाँठ खान्छ र बालि बिनाश गर्दछ । सलहको बथान आउन सक्ने सम्भावना प्रति चनाखो हौँ ।
२. सलहको बथान आउन शुरूहुनासाथ समुदाय, वडा कार्यालय, पालिका, कृषि ज्ञान केन्द्र तथा सुरक्षा निकायमा जानकारी गराऔँ ।
३. नर्सरी, घरबगैचा, करेसाबारी, धान, कोदो आदि बालीहरूका ब्याड झूल वा जालीले ढाकेर राखौँ ।
४. सलह वास बसेको समयमा जालीको सहायताले समातेर हाँस, कुखुरालाई आहाराको रुपमा प्रयोग गरौँ ।
५. सलहको बथान उडेर आइरहेको देखेमा ठूलो आवाजमा सिट्टि बजाउने, कराउने, थाल, टिन वा अन्य आवाज निस्कने बस्तु बजाउने, धुँवा निकाल्ने जस्ता कार्य गरी खेतबारीमा बस्न नदिऔँ ।

