किसान र सम्बन्धित सराेकार वाला विच "रसायनिक मल अभाव वास्ताविकता के ?" विषयक साक्षत्कार छलफल

कृषक समूह महासंघ,नेपाल, एग्रोटाईम्स मिडिया नेटवर्क र मिडिया ईन्टरनेशनले आयोजना गरेको "रसायनिक मल अभाव वास्ताविकता के ?" विषयक साक्षत्कार कार्यक्रम मिति २०७६.२.१२ मा सम्पन्न भएको छ । कृषक समूह महासंघ नेपालले देशका सात वटै प्रदेशस्तरमा गरेको एक अध्यन वाट प्रप्त भएका रासायनिक मलको अवस्थाका आधारमा तयार पारिएको अवधारण अध्यक्ष नवराज वस्नेतले सार्वजनिक गर्दै राज्यले वर्षायाममा किसानले वाली लगाउने समयमा रसायनिक मलको आवश्यकतालाई पुरा गर्न मल आयतको प्रक्रिया नवढाएका कारण अहिले किसानहरु मलको कृतिम अभावको मारमा परेको,कोशेलीको रुपमा रसायनिक मल ल्याउन आफन्तहरुलाई अनुरोध गर्न वाध्य भएको वताउदै किसानले वालीमा प्रयोग गर्न नपाएको युरिया मल प्लाई उद्योगले पाउनुले किसानहरु सजग हुनु पर्ने, किसान एकताका साथ राज्यलाई सजग गराउनु पर्ने अवस्था सृजना भएको वताउनु भयो । कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज वस्नेतको अध्यक्षता र एग्रो टाईम्सका असिम सापकोटाको संचालनमा सम्पन्न कार्यक्रममा देशका ७ वटै प्रदेशतहवाट सहभागी ४० जना भन्दा वढि किसानहरुले रसायनिक मलको कृतिम अभावले आफु र प्रदेश स्तरमा किसानले भोग्नु परेको समस्याको उजागर गर्दै नेपाल सरकार कृषि तथा पशु पन्छी विकास मन्त्री चक्रपाणी खनाल र कृषि सामाग्री कम्पनीका महाशाखा प्रमूख विष्णु प्रसाद पोखरेल प्रति कडा प्रश्न राखे ।किसानहरु वाट उठेका प्रश्नको उत्तर दिदै कृषि मन्त्री र महाशाखा प्रमुखले देशमा आवश्यक पर्ने मलको लागी अनुदानको व्यवस्था गर्न नसक्दा मल आयतमा समस्या भई मलको अभाव भएको र हाल अर्थ मन्त्रालयले वजेट व्यवस्था गरि सकेकोले टेण्डर प्रक्रिया अगाडी वढिसकेको साथै किसानलाई आवश्यक परेको समयमा मलको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा किसान आयोगका सदस्य एवं प्रवक्ता रविन्द्र केसी एन आर एन ए का कृषि प्रवद्धन समितिका संयोजक युवराज गुरुङ र रवर विज्ञ तिलक भण्डारी, प्राङगारिक मल उत्पादक संघका सचिव राधा प्रसाद श्रेष्ठ, जिएमटीका राजन गौतम लगायत दर्जौनौ प्रत्रकारहरुको पनि उपस्थिति थियो ।