काठमाण्डौमा पशुपछी तथा वाली विमाको प्रभावकारिताका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय कृषक समूह महासंघ काठमाण्डौले वाली र पशुपछी विमामा आम कृषकहरुको पहु‌च सुनिश्चित गरि आम कृषकहरुलाई लाभान्वित गर्नका लागि पशुपक्षी तथा वाली विमाको प्रभावकारिताका कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको उत्घाटन प्रमख आथिति पशुपंछी विकास मंन्त्रालयका सचिव उत्तम कुमार भटराई गर्नु भयो । अतिथिहरुमा कुन्दन सापकोटा, राष्ट्रिय विमा समिति, र विमा कम्पनीका तर्फवाट उदित काफ्ले, शिखर ईन्स्योरेन्स सह महानिर्देशक अनुज लाखे, हिमालयन जनरल ईन्स्योरेन्स, लाला जी ढकाल, दि अ‍ोरिनटियल ईन्स्योरेन्स, सरला प्रसाई, प्रिमियर ईन्स्योरेन्स, दिपक पोखरेल, एनएलजी ईन्स्योरेन्स लगायत १४  विमा कम्पनीका प्रतिनिधिहरु रहेका थिए । 

    प्रमुख अतिथि भटराईले कृषि र पशुपछी क्षेत्रमा जोखिम न्युनीकरण गर्न सरकार उदार रहेको ७५ प्रतिशत विमाको प्रिमियम रकम सरकारले  ब्यहोरेको  अझै थप रकम विनियोजनका लागि नीतिगत छलफल भएको विमा कम्पनी कृषकहरुको घर दैलोमा सेवा सुविधा लागि पुग्नु पर्ने  धारणा राखेका थिए । राष्ट्रिय विमा समितिका कुन्दन सापकोटा, कृषि क्षेत्रको विमा लागि कृषक र विमा कम्पनी दुवैले आफ्नोे दायित्व पुरा गर्नुपर्ने विमा लाई प्रभावकारी वनाउन विमा समिति जस्तैसुके मुल्य चुकाउन पछिन पर्ने, विमा कम्पनीले पशु तथा कृषिको विमाको लागि गाउँ गाउँमा पुगेर सेवा गर्नु पर्ने, विमा गर्न जान र क्षतिको रकम दिन आना कानी गरेमा कार्वाही गर्न सकिने प्रावधान रहेको जानकारी गराउनु भयो  । विमा कम्पनीहरुका प्रतिनिधिहरुले कृषि अन्तरगत पशुपछी र वाली विमा गर्ने कार्यमा कम्पनीहरु लागि परेको छन । विमा कम्पनी गाउ गाउमा पुग्न नसको,  क्षतिपुर्तिका समयमै दिन नसकेको किसानहरुले गुनासा आएका छन, हामी यस्ता समस्या सुधार गर्न हरदम प्रयासरत रहेका छौ । कृषकहरुको विमित वस्तु विमा रकम दिई रहेको जानकारी गराउनु भयो । विमा कम्पनीले कमिशन भन्ने कुरा हल्ला मात्र रहेको प्राविधिक थोरे भएकाले कम्पनीले  दुर्गममा र समयमै सेवा दिन सकेको  छैन । विमा गर्दा  देखिएका कमि कमजोरीलाई सुधार गरि अगाडी वढ्ने र कृषकहरुलाई विमावाट लाभाविन्त गर्न सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रमका कृषकहरुका तर्फवाट पञ्चकाजी श्रेष्ठ, नारायण न्यौपाने, चेवन तुँवाहाम्फे ,राशरण सापकोटा रामचन्द्र पलेलले विमा समस्यावारे धारणा राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता शभ्भु वहादुर कार्कि स्वागत तथा कार्यपत्र प्रस्तुत भक्ति नारायण मर्हजनले र संचालन असिम साफकोटाले गर्नु भएको थियो ।