महासंघको प्रथम राष्ट्रिय महाधिबेशन सम्पन्न

राष्ट्रिय कृषक समूह महासंघ नेपालकोे प्रथम राष्ट्रिय महाधिबेशनको २०७१  जेष्ठ ११ र १२ गते काठमाडौमा सम्पन्न भएको छ । महाधिबेशनको उद्घाटन वयोबृद्ध किसान अष्ट माया श्रेष्ठ (८५ वर्षे)  द्धारा भएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा अतिथि, पत्रकार एवं किसान गरि जम्मा ८०० जनाको सहभागिता रहेको थियो ।                                                  

महाधिबेशनले बन्दसत्रमा पेश भएको महासंघको आर्थिक तथा सांगठनीक प्रतिवेदन, विधान शंसोधन प्रश्ताव र महासंघ संचालन निर्देशिका अनुमोदन गर्नुका साथै आगामी ४ वर्ष को महासंघको रणनीतिक योजना पारित गरेको छ । महाधिबेशनले आगामि ४ वर्षको लागी उद्धव अधिकारी नेतृत्वमा ४२ सदसीय कार्य समिति चयन गरेको छ ।