कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना
कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना
मिति २०७८ साल श्रावण २८ गते
पृष्टभूमीः
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ ।
महासंघको केन्द्रिय कार्यालय काठमाण्डौंमा तपशिल बमोजिमको पदमा दक्ष एवं अनुभवि कर्मचारीको आवश्यकता भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।
पदः ज्ञान व्यवस्थापन तथा अनुगमन मुल्यांकन अधिकृत (Knowledge Management & MEAL Officer)
संख्याः १ जना
आवस्यक योग्यताः
- समाजशास्त्र, मानवशास्त्र, सामाजीक विज्ञान वा व्यवस्थापन विषय वा साे सरहकाे विषयमा स्नातक तह उतिर्ण गरी अनुगमन तथा मुल्याङ्कन विषयमा कम्तिमा ३ वर्षको अनुभव भएको
- अंग्रेजी र नेपाली विषयमा लेखन र बोलीमा दखल राख्ने,
- अध्ययान अनुसन्धान र तथ्यांक व्यवस्थापनमा राम्रो ज्ञान र कार्य अनुभव भएको,
आवस्य क्षमता, सिप र दक्षताः
- महासंघ, नागरीक संगठन, संस्था, संजाल वा गैर सरकारी संस्थाहरुमा उक्त पदमा रहि कम्तीमा ३ वर्षको कार्य अनुभव भएको ।
- अंग्रेजी र नेपाली दुबै भाषमा प्रतिवेदन लेखन र ज्ञान व्यवस्थापनमा अनुभव भएको ।
- बेसलाईन अध्ययन, मध्यावधि मूल्याङ्कन र अन्तिम मूल्याङ्कन सम्बन्धि अनुभव भएको
- सफलताको कथा, प्रगती मापन, ज्ञान व्यवस्थापनसंग सम्बन्धित क्रियाकलापहरुको नेतृत्व एवं संयोजन गर्न सक्ने ।
- विद्युत्तिय एवं स्थलगत तथ्यांक संकलन प्रणाली, अध्ययन, अनुसन्धान, विश्लेषण सम्बन्धि अनुभव भएको ।
- तथ्यांक व्यवस्थापन प्रणाली अद्यावधिक र व्यवस्थापन सिप भएको ।
- संस्थागत अनुगमन मुल्यांकन औजार एवं फ्रेमवर्कहरुको विकास, अद्यावधिक, एवं टिमलाइ अभिमुखीकरण सम्बन्धि दक्षता भएको ।
- संस्थाको सवै गतिविधिहरु र त्यसवाट प्राप्त उपलव्धि र सिकाईहरुको व्यवस्थित अभिलेखन तथा ज्ञान व्यवस्थापन सम्बन्धि अनुभव भएको
- संस्थाले गरेका काम र त्यसको नतीजा झल्कने नतीजामुखी प्रतिवेदन तयारी र यसको उपयोगको सुनिश्चितता र व्यवस्थापन सम्बन्धि सिप भएको ।
- प्रगतीमापक अनुगमन औजार सम्बन्धि ज्ञान भएको ।
प्राथमिकताः
- महिला, दलित, सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ ।
- छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र थप प्रकृयामा समावेश गराईनेछ ।
दरखास्त साथ बुझाउनु पर्ने कागजातहरुः
- रितपूर्वकको निवेदन, करिकुलम भिटा (CV), शैक्षिक योग्यता र कार्य अनुभवकाे प्रमाण
दरखास्त बुझाउने ठेगानाः ईमेल ठेगाना nfgfnepal@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
दरखास्त बुझाउने अन्तिम मितिः २०७८ साल भाद्र ५ गते सम्म