महासंघले अघि सारेको साना किसान मैत्री करार खेती अभ्यासकाे दलिद समुदायमा परेकाे प्रभाव

राष्ट्रिय कृषक समूह महासंघ नेपालले अघि सारेको साना किसान मैत्री करार खेती अभ्यासले भगवानपुर गा.पा., लाहानका मुसहर समुदायको जिवनस्तरमा निकै राम्रो परिवर्तन ल्याएको खबर मंसीर २३ गतेको गोरखापत्र दैनीकमा छापिएको छ । भगवानपुर १ का मुसहर दलित बस्तीबाट सुरु भएको करार खेती भगवानपुरकै १ र ३ वडाका अन्य दलित समुदायले समेत सुरु गरेर आफ्नो दिनचर्यामा परिवर्तन ल्याउन थालेका छन् । यो कार्यक्रम आउनु भन्दा अघि दलित समुदाय कृषि मजदुरी गरी जसोतसो गुजारा चलाएने गरेका अहिले करार खेतीको प्रभावले आफुले गरेको मिहीनेतको प्रतिफल प्रती निकै सन्तुष्टि व्यक्त गरेका छन् । यहाँको खेती र यसले पारेको प्रभाव निरिक्षण पश्चात् प्रदेश नं. २ का कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. गोविन्द शर्माले यसलाई प्रदेशभरि नै विस्तार गर्ने बताउनु भएको छ ।