राष्ट्रिय कृषक समुह महासंघ नेपाल रुकुममा विस्तार

नेपालमा कृषि पेशामा संलग्न रहेका किसानहरुले संगठित गर्न स्थानीय स्तरमा गठन गरिएका कृषि समुह, पशु सेवा समुह र कृषि सहकारीलाई संगठित गर्दै गाविस, सेवा केन्द्र, जिल्ला र राष्ट्रिय स्तर सम्म संरचना रहेको राष्ट्रिय कृषक समुह महासंघ नेपाल रुकुम जिल्लामा विस्तार गरिएको छ ।  कृषिको  विकास  र किसान अधिकारका लागि पैरवी गर्दै आएको छ । महासंघले २०७३ असोज १३ गते रुकुम खलंगामा आयोजित कृषकहरुको एक भेलावाट राष्ट्रिय कृषक समुह महासंघ नेपाल रुकुम गठन गरिएको हो । जसको अध्यक्षमा दुर्गा वहादुर वाठा, उपाध्यक्षमा लायक राम खड्का सचिव कमला वुढा सहसचिव दत्त वहादुर पुन कोषाध्यक्ष विष्ण्ुा सुनार रहनु भएको छ भने सदस्यहरुमा लक्ष्मी केसी, भुपेन्द्रा वुढा, लक्ष्मी वुढापुन, कमान वहादुर खत्री, भद्र वहादुर वोहरा, माया देवी राना, ज्ञान वहादुर वली र प्रमिला केसी रहनु भएको छ ।

उक्त कार्यक्रमको उत्धाटन शत्रको अध्यक्षता राष्ट्रिय कृषक समुह महासंघ नेपाल केन्द्रिय अध्यक्ष उद्धव अधिकारीको अध्यक्षतामा, रुकुमका स्थानीय विकास अधिकारी भरत कुमार शर्माको प्रमुख आतिथ्य र वरिष्ठ कृषि विकास अधिकृत सहदेव हुमागाईको, पशु सेवा कार्यालयका प्रमुख कृष्ण वहादुर कार्की र जिल्ला स्थित राजनीतक दलका प्रतिनिधिहरुमा नेपाली कोग्रेसका भिम वहादुर खड्का, नेकपा माओवादी केन्द्रका रामसुर वुढामगर, राप्रपा नेपालका गणेश कुमार शाहीको उपस्थिति थियो  ।