केएर नेपाल र महासंघ विच संझौता सम्पन्न

केएर नेपाल र राष्ट्रिय कृषक समूह महासंघ नेपालकोको सहकार्यमा संचालन हुदै आएको खाद्य अधिकार परियोजनाको निरन्तरताको लागि मिति २०७१ भाद्र ३ गते संझौता सम्पन्न भएको छ । संझौतामा आगामि १ वर्षमा संचालन गरिने कृयाकलापहरु उल्लेख गरिएको छ । ओखलढुड्डा, उदयपुर र सिरहा जिल्लाका साना एवं महिला किसानलाई लक्षित गरि परियोजना संचालन हुनेछ । त्यसरी नै महासंघको संस्थगत क्षमता विकासमा समेत सहयोग गर्नेछ ।